नियम १६२
हाजिरी र इजलासको समय
(१) प्रत्येक न्यायाधीशले आएको र गएको समय जनाई सो प्रयोजनको लागि राखिएको किताबमा आफ्नो उपस्थिति जनाउनु पर्नेछ। (२) अदालत खुलेको दिन न्यायाधीशको इजलास साधारणतः कार्यालय समय शुरू भएको आधा घण्टापछि लाग्नेछ र बीचमा विश्रामको लागि एक घण्टाबाहेक अरू समय अदालत बन्द नभएसम्म इजलास चालू रहनेछ।